चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपिएलको फाइनलमा

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ।

चितवन राइनोजलाई हिजो दोस्रो क्वालिफायरमा ३ विकेटले हराउँदै एनपिएल सिजन ३ को फाइनल पुगेको हो ।

१ सय ३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ७ विकेट गुमाएर १ बल अघि विजय प्राप्त गरेको हो । एनपिएलको तीनै संस्करणको फाइनलमा पुग्ने सुदूरपश्चिम रोयल्स एक्लो टोली हो ।

सुदूरपश्चिमले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्सको सामना गर्नेछ। गत वर्ष पनि लुम्बिनी र सुदूरपश्चिम फाइनल भएको थियो।

सुदूरपश्चिमसँग पराजित भएपछि पहिलो पटक क्वालिफायरमा पुगेको चितवन उपाधिबाट टाढिएको छ।

सुदूरपश्चिमका थरिन्दु रत्नायकेले सर्वाधिक ५३ रनमा अविजित रहे।

कप्तान दिपेन्द्र सिंह ऐरी १३ बलमा १ चौका र २ छक्का सहयोगमा २३ रन बनाउँदा सलाउद्दिन खानको बलमा विकेट किपरको हातबाट क्याच आउट भए।

ओपनर विनोद भण्डारी २३ रन बनाउँदा रन्जित कुमारको बलमा क्याच आउट भए। इशान पाण्डे १० रनमा उसामा मिर १० रनमा रन्जित कुमारको बलमा कट एण्ड बोल्ड भए।

आरिफ शेख १० रनमा कमल सिंह ऐरीको बलमा बोल्ड आउट भए। जर्ज मुन्से ८ रनमा रिजन ढकालको बलमा क्याच आउट भए।

रन्जित कुमारले २ विकेट लिए । कमल, सलाउद्दिन, रिजन र उसामाले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो। ।

चितवनका लागि डविड मलानले बनाएको ७१ रनको नटआउट इनिङ खेले। उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार । मलान र सलाउद्दिनले सातौं विकेटका लागि ४० रनको साझेदारी गर्न बाहेक टोलीको ठूलो साझेदारी बन्न सकेन।

सलाउद्दिनले १८ रन जोडे। कमलले १०, देव खनालले ६, कमिल मिसाराले ४, विवेक यादवले ३, उसामा मिरले २ रन थपे। कप्तान रवि बोपारा र कुशल मल्लले समान १ रन बनाउँदै पेभेलियन फर्के।

सुदूरपश्चिमका लागि स्कट कुगेलाइन ३ विकेट लिए।