स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज शुक्रबार ७.३८ बिन्दुले ओरालो लागेको छ ।
यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब २८ प्रतिशतले कम हो ।
आज कूल ३५२ कम्पनीको ३९ हजार ९६६ कारोबारबाट ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० रुपैयाँ बराबरका १ करोड ६ लाख २ हजार ४६८ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
