सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टोलीको घोषणा

भुटानमा हुने गेलेफु मेन्स टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ।

सिरिजको लागि क्यानले सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो।अन्य खेलाडीहरूमा विवेक कुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जीसी, अर्जुन घर्ती मगर, दीपक डुम्रे, रुपेश सिंह, दीपेश कँडेल, अभिषेक तिवारी, विशाल सुस्लिङ्ग, अभिषेक पाल र इमरान शेख रहेका छन्।

सिरिज डिसेम्बर ४ देखि १३ सम्म भुटानमा हुनेछ। सिरिजमा भुटान, नेपाल ुएु, बहराइन माल्दिभ्स र थाइल्यान्डको सहभागीता रहनेछ।