नेपालमा चारपाङ्रे बिजुली सवारी साधन

जेठ मसान्तसम्ममा नेपालमा ३१ अर्ब ५४ करोड ५१ लाख १० हजार रुपैयाँ बराबरको १३ हजार ४ सय ८३ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१-८२ को जेठ २०८२ सम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८१-८२ को दशौं महिना चैतसम्म नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधन १३ हजार ४८३ तथा समग्र मूल्य २३ अर्ब ९ करोड ९३ लाख २२ हजार रुपैयाँ रहेको छ।

अघिल्लो महिना वैशाखसम्म २३ अर्ब ९ करोड ९३ लाख २२ हजार रुपैयाँ बराबरको ९ हजार ८५० थान चारपाङ्ग्रे विद्युती सवारी साधन आयात भएका थिए।

यसरी हेर्दा वैशाखबाट जेठसम्मको १ महिनामा ८ अर्ब ४४ करोड ५७ लाख ८८ हजार बराबरको ३ हजार ६३३ थान चारपाङ्ग्रे सवारी भित्रिएको देखिन्छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द। कोरिया, इण्डोनेसिया, मलेसिया र अमेरिका गरी विश्वका ६ देशबाट ती सवारी साधन भित्रिएका हुन्।