सिटिजन्स बैंक इन्टरनेसनलले मुद्दती निक्षेप धितोमा अनलाइनमाध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ । ग्राहकलाई सरलीकृत सेवा दिन बैंकले मुद्दती निक्षेपका आधारमा कर्जा लिन सक्ने सुविधा ल्याएको हो ।
जसअनुसार ग्राहकले आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा दुई लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुने र यसका लागि कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने बैंकले जनाएको छ ।
बैंकले डिजिटल प्रविधिको उपयोगमार्फत ग्राहकको समय, श्रम र स्रोतको बचत गर्दै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन नयाँ–नयाँ डिजिटल सेवा ल्याउने क्रममा यो सेवा पनि थप गरिएको बताएको छ ।