सात जना डीआईजीहरूको सरुवा

नेपाल प्रहरीले सात जना (डीआईजी) हरूको सरुवा गरेको छ।

गृह मन्त्रालयको आइतबारको निर्णयअनुसार ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् भने एक जना डीआईजीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा खटाइएको छ।

जस अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालका डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा सरुवा गरिएको छ।

त्यस्तै, उमा प्रसाद चतुर्वेदीलाई मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर, अरुण पौडेललाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा, दिनेश कुमार आचार्यलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा र डम्बर बहादुर बिकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा खटाइएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा राजेन्द्र प्रसाद भट्टलाई सरुवा गरिएको छ भने गोविन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौंमा खटाइएको छ।