ई कमर्स व्यवसाय गरिरहेकाहरु अनिवार्य सूचीकृत हुन बाणिज्य विभागको सूचना

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय व्यापार (E-commerce) मार्फत आफ्ना वस्तु तथा सेवा विक्रि गर्ने व्यवसायीहरूलाई आफ्ना व्यवसाय सूचीकृत गर्न निर्देशन दिएको छ। विभागले आज एक सूचना प्रकाशित गरी विद्युतीय आवेदन माग गरेको हो।

सूचना प्रविधिको माध्यम बाट हुने वस्तु तथा सेवाको व्यापारिक कारोवारलाई नियमन गरी व्यवस्थित र विश्वसनिय बनाउन विद्युतीय व्यापार (ईकमर्स) ऐन २०८१ मिति २०८१ चैत्र ३ गते नेपाल राजपत्रमा प्रकाशन भई २०८२ वैशाख २ गते देखि लागू भइसकेको छ।

यो ऐन बमोजिम ऐन लागू हुनुभन्दा पहिलादेखि विद्युतीय व्यापार गरिरहेका व्यवसायीहरू यो ऐन लागू भएको मितिले तीन महिना भित्र वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको विद्युतीय व्यापार पोर्टलमा अनिवार्य रुपमा सूचीकृत हुनुपर्ने र नयाँ व्यवसायीले अनिवार्य रुपमा सूचीकृत गरेर मात्र व्यवसाय गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार विभागले यो आह्वान गरेको हो।

‘विद्युतीय व्यापार गरिरहेका र नयाँ शुरुवात गर्ने व्यवसायीले ऐनको दफा ४ को उपदफा (२) वमोजिमका विवरणहरू भएको आफ्नो विद्युतीय प्लेटफर्म तयार गरी सोही ऐनको दफा ५ बमोजिमका कागजातको विद्युतीय प्रति सहित यस विभागको पोर्टलमा सूचीकृत हुनको लागि विधुतीय निवेदन पेश गर्नुहुन अनुरोध गरिएको छ’, सूचनामा भनिएको छ।

हाल विद्युतीय व्यापार गरिरहेका व्यवसायीहरूले ऐनको व्यवस्था बमोजिम मिति २०८२ साउन ०२ गतेभित्र अनिवार्य रूपमा सूचीकरण गर्नको लागि निवेदन पेश गर्न आग्रह गरिएको छ।