सुमेधा एयर वायुसेवा सञ्चालनको इजाजतपत्र

  • Clock icon
    २०८२ असार १९, बिहीबार १२:४३

सुमेधा एयरले वायुसेवा सञ्चालनको इजाजतपत्र पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सुमेधा एयरले हेलिकप्टर सञ्चालनको इजाजतपत्र पाएको हो।

सुमेधाले हिजो बुधबार नै वायुसेवा सञ्चालनको इजाजतपत्र लिएर गएको पर्यटन मन्त्रालयले जनाएको छ ।

सुमेधाले मन्त्रालयबाट इजाजतपत्र लिएकोले अब उसले आवश्यक प्रक्रिया पूरा गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (एओसी) लिनुपर्छ ।

सुमेधा एयर निरज गोविन्द श्रेष्ठको हो । श्रेष्ठ यस अघि सानिमा तथा माछापुच्छ्रे बै‌कका लगानीकर्ता हुनुहुन्थ्यो । उहाँले बैंकसँगै एनसेलको पनि २० प्रतिशत शेयर विक्री गर्नुभएको थियो ।

  • Clock icon
    २०८२ असार १९, बिहीबार १२:४३