नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताउनुभएको छ ।
आज शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्र पर्सा – काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा प्रवेश गराउने दाबी गर्नुभयो ।
महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झण्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भूमिका संगीतले खेलेको बताउँदै उहाँले जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, संगीत र नृत्यहरुले बढी भूमिका खेलेको बताए। आगामी निर्वाचनको लडाईंमा पनि गीत, संगीतको माध्यमबाट निर्णायक भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
प्रचण्डले भन्नुभयो, ‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ। यही विश्वास छ। मलाई विश्वास छ, कमरेडको रुपमा तपाईंहरु सबै पनि आफ्नो भूमिका पूरा गर्नुहुनेछ।’
कलाकार बाबा पाख्रिन लगायतलाई पार्टीमा स्वागत गर्दै गर्दै उहाँले अब पर्सामा पार्टीको विजय यात्रा सुरु भएको दाबी गर्नुभयो ।