आज मुलुकभर वर्षा हुने कतै हिमपात पनि

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असार २३, सोमबारको सम्भावित वर्षाबारे जानकारी दिएको छ।

आज दिनमा – देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानगमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ।

आज रातमा – देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।