स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको तेश्रो दिन आज मंगलबार सुधार देखिएको छ ।
हिजो ओरालो लागेको शेयर बजार आज ३.६१ अंकले वृद्धि भएको हो । बजार परिसुचक ०.१३ प्रतिशतले वृद्धि भई २ हजार ६८७.६३ बिन्दुमा पुगेको हो ।
कूल ३०४ कम्पनीको ५६ हजार २७६ कारोबारबाट ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँ बराबरका १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।