काठमाडौं उपत्यकामा अनावश्यक हर्न बजाउने सवारी चालकलाई ट्राफिक प्रहरीले कडाइ गर्ने भएको छ। ध्वनी प्रदूषणले बृद्ध, बालबालिका र सर्वसाधारणमा गम्भीर असर पार्ने भन्दै ट्राफिकले हर्न प्रयोग नगर्न चेतावनी दिएको हो।
अब अत्यावश्यक अवस्था बाहेक हर्न बजाएमा सवारी ऐन २०४९ को दफा १६४(१)३ अनुसार कारबाही गरिनेछ। काठमाण्डौमा नो हर्न नीति २०७४ सालदेखि लागू भइरहेको छ।