बजारमा अधिक तरलता भएपछि राष्ट्र बैङ्कले आज ५० अर्ब खिच्दै

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार २९ गते आइतबार बजारबाट ५० अर्ब खिच्ने भएको छ। राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले ४ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिको हकमा चार अंकसम्म उल्लेख गर्नुपर्नेछ । बजारमा भएको पूँजीलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले यसरी बैंकहरुबाट रकम उठाउने गर्दछ ।