श्रीलंकाली रथनिजा आईएफसीको नेपालको आवसीय प्रतिनिधि

विश्व बैंक ग्रुपअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले रथनिजा अरन्दरालाई नेपालको आवासीय प्रतिनिधिको जिम्मेवारी दिएको छ।

आईएफसी विश्व बैंक ग्रुपको एक सदस्य हो। आवासीय प्रतिनिधिमा नियुक्त रथनिजा काठमाडौंमा बस्नेछिन्।

उनले आईएफसीको पोर्टफोलियो विस्तार, नयाँ लगानीको विकास, परामर्शका अवसरहरु र संस्थाको नेपालमा प्रभावकारितालगायतमा नेतृत्वदायी भूमिका खेल्ने जनाइएको छ।

रथनिजा श्रीलंकाकी हुन्। उनी सन् २०११ देखि आईएफसीमा आबद्ध छिन्। विश्व बैंक ग्रुपमा उनको अनवरत कार्यको प्रशंसा समेत गरिएको छ