शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

साइन रेसुंगा shine resunga

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्काशनमा ल्याएको ऋणपत्र (डिबेञ्चर) मा आवेदन दिने आज अन्तिम दिन हो।

बैंकले १० वर्ष अवधिका लागि वार्षिक ८ प्रतिशत स्थिर ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ सार्वजनिक निष्काशनमा ल्याएको हो। कुल १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र प्रतिकित्ता १,००० रुपैयाँ दरमा बिक्री खुला गरिएको हो।

जसमा ६० प्रतिशत अर्थात ६ लाख कित्ता ऋणपत्र (६० करोड रुपैयाँ बराबर) व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४ लाख कित्ता (४० करोड रुपैयाँ बराबर) सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिएको हो।

सर्वसाधारणतर्फको कोटामध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।यस ऋणपत्रमा न्यूनतम २५ कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

ऋणपत्र निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले लिएको छ।