नेप्सेमा गिरावट आएप्नि शेयर कारोबारमा सुधार

शेयरबजारमा आज श्रावण ११ गते आइतबार सूचक घटे पनि कारोबार रकम उचालिएको छ।

नेप्से १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा थामिँदा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको किनबेच भएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार ५ करोड ८६ लाख कित्ता बिक्रीपछि ठूलो परिमाणमा कारोबार भएको हो। यस दिन ६३ वटा शेयरको मूल्य बढे पनि १८६ वटाको घट्न पुगेको छ।

बढेकामध्ये समता घरेलु लघुवित्त र ट्रेड टावरको सेयरले सकारात्मक सर्किट हान्दा सान्भी इनर्जी, लुम्बिनी विकास बैंक र लक्ष्मी उन्नति कोषको क्रमशः ९.९८ प्रतिशत, ८.४७ प्रतिशत र ७.८३ प्रतिशतले सेयर मूल्य उकालो लागेको छ।

घटेकामध्ये नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाएका छन्। कम्पनीको ६.३४ प्रतिशतले सेयर मूल्य घटेको छ। यस्तै एनआईसी एसिया बैंकको ऋणपत्रमा लगानी गरेकाले ५.२० प्रतिशत, राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले ४.९९ प्रतिशत, एनआईसी एसिया बैंककै अर्को ऋणपत्रका सेयरधनीले ४.७१ प्रतिशत र बुटवल पावर कम्पनीका लगानीकर्ताले ४.११ प्रतिशत गुमाएका छन्।

कारोबारतर्फ आज शिवम् सिमेन्ट अगाडि छ। कम्पनीको १ अर्बको किनबेच हुँदा ङादी ग्रुप पावरको ८८ करोड, नेपाल पुनर्बीमाको ८५ करोड, कालिका पावर कम्पनीको ८४ करोड र ग्रिन भेन्चर्स लिमिटेडको ७६ करोडको किनबेच भएको छ।

आज विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, सामूहिक लगानी कोष र व्यापार सूचक हरियो हुँदा बाँकी सबै राताम्य रहे।