मधेशका अधिकांश भू-भाग सुख्खा : रोपाइँको लक्ष्य पूरा नहुने निश्चित

मधेशमा पानीको स्रोत तथा मुहान सुकेपछि खानेपानी तथा सिँचाइ कार्यमा समस्या उत्पन्न भएको छ ।

मधेशका अधिकांश भूभाग खडेरीका कारण सुक्खा छन् । धान रोपाइँ भइसक्नुपर्ने खेतहरु बाँझै छन् भने रोपाइँ भएका खेतमा पनि धाँजा फाटेका छन् । धनुषाका अधिकांश क्षेत्रका खेत आकाशे पानी र सिंचाइको अभावमा रोपाइँ हुन सकेको छैन् ।

बर्खाको समय भएपनि पानी नपर्दा किसानहरू पीडामा छन् खेतिकिसानमा परनिर्भर रहने किसानका लागि यस सिजन अति उपयोगी हो तर पानी नपर्दा समस्या भोग्न मधेसका जनता बाध्य छन् ।