उपभोक्ता सुरक्षामा प्रहरी सक्रिय
काठमाडौँ । ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादन गर्दै आएको कम्पनीका सञ्चालक श्रेष्ठलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार तेलको प्याकेजिङ गर्दा तोकिएको मापदण्डभन्दा कम मात्रा राखेर बजारमा बिक्री गरिएको आरोप उनीमाथि लागेको छ । […]