जनताको आकांक्षा पूरा हुने गरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरूले जनताको अपेक्षा र आकांक्षा पूरा हुने गरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन्। गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक देवराज ढुंगानालाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्दै मन्त्री तिमिल्सिनाले संस्थागत सुशासन, पारदर्शिता र कानुनसम्मत कार्यसम्पादनलाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् […]