स्टार्टअप संस्कृतिबाट मात्रै आत्मनिर्भर नेपाल सम्भव : उपकुलपति प्रा. डा. भोला थापा
काठमाडौं, साउन २१। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा ले नेपालमा बढ्दो बेरोजगारी, युवा पलायन तथा सीमित रोजगारीका अवसरलाई समाधान गर्न विश्वविद्यालय शिक्षा उद्यमशीलतामैत्री हुनुपर्ने बताउनुभएको छ। ‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ विषयक स्टार्टअप समिट नेपाल-२०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालय अब केवल शैक्षिक प्रमाणपत्र प्रदान गर्ने संस्थामा सीमित रहन नहुने धारणा राख्नुभयो। […]