मनसुनपूर्व तयारी बुझ्न मौसम विभाग पुगे ऊर्जा मन्त्री,प्रणाली थप प्रभावकारी बनाउने संकेत
काठमाडौं । मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिन विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुगेका छन्। विभागमा पुगेका उनले वर्तमान मौसम अवस्था, विशेष तथा २४ घण्टे पूर्वानुमान, तीनदिने मौसम विश्लेषण, हवाई मौसम सेवा तथा बाढीसम्बन्धी पूर्वसूचना प्रणालीबारे प्राविधिक र अधिकारीहरूसँग विस्तृत छलफल गरेका थिए। सो अवसरमा […]