उदयपुर सिमेन्ट क्लिङ्कर हिनामिनामा अख्तियारले ८ कर्मचारीविरुद्ध मुद्दा दायर
काठमाडौँ – सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको साढे ४६ करोड रुपैयाँ बराबरको क्लिङ्कर हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उद्योगका तत्कालीन दुई महाप्रबन्धकसहित ८ जना कर्मचारीलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको हो। मुख्य प्रतिवादीहरूमा तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल र नायब महाप्रबन्धक महेश प्रसाद […]