सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य : मन्त्री तिमिल्सिना
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले सूचना प्रविधि अहिले नागरिकको आधारभूत आवश्यकता बनिसकेको बताएका छन् । नवौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले डिजिटल युगमा सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता प्रवद्र्धन तथा नागरिक सशक्तीकरणका लागि सूचना प्रविधिको भूमिका अपरिहार्य भइसकेको उल्लेख गरे । […]