चीनको वैदेशिक व्यापार मुनाफा इतिहासकै बढी
काठमाडौँ । चीनको वैदेशिक व्यापार मुनाफा (Trade Surplus) इतिहासमै पहिलोपटक १० खर्ब अमेरिकी डलर नाघेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाउन सक्ने सम्भावित भन्सार शुल्कबाट जोगिन चिनियाँ उत्पादकहरूले गैर–अमेरिकी बजारमा निर्यात तीव्र बनाएपछि यो ऐतिहासिक सफलता मिलेको हो । भन्सार तथ्याङ्कअनुसार, चीनले युरोप, अस्ट्रेलिया र दक्षिणपूर्वी एसियाली मुलुकहरूमा आफ्नो निर्यात उल्लेख्य रूपमा बढाएको छ । […]