आज शेयर बजार बन्द
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा हबमा ह्याकरको आक्रमण भएपछि सोमवारको शेयर कारोबार बन्द हुने भएको छ । नेप्सेका सीईओ चुणामणि चापागाईंका अनुसार डाटा हबमा आइतवारदेखि देखिएको साइबर आक्रमणका कारण ७२ वटा ब्रोकरको टीएमएस सञ्चालन गर्न नसकिने अवस्था छ । १२ वटा ब्रोकरको आफ्नै टीएमएस भएकाले उनीहरूको प्रणाली भने सञ्चालन गर्न सकिने अवस्था रहेको छ । […]