पारदर्शिता र जवाफदेहिताका लागि विद्युत नियमन आयोगको नयाँ मापदण्ड
काठमाडौं । विद्युत नियमन आयोग ले विद्युत क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यसहित ‘अनुमति प्राप्त संस्थाको संस्थागत सुशासन सम्बन्धी मापदण्ड, २०८२’ को मस्यौदा सार्वजनिक गरेको छ। आयोगले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ४३ ले दिएको अधिकार प्रयोग गरी उक्त मापदण्ड तयार गरेको जनाएको छ। सार्वजनिक गरिएको मस्यौदामा अनुमति प्राप्त संस्थाहरूले खरिद […]