आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर हिन्दु धर्मावलम्बीहरूले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन् । यस अवसरमा श्रद्धालुहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी सप्तऋषिको पूजा–अर्चना तथा तर्पण गर्ने परम्परा छ । गुरु–पुरोहितबाट नाडीमा रक्षाबन्धन (डोरो) बाँध्ने तथा तागाधारीहरूले पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा पनि आजै गरिन्छ । त्यसैगरी […]