तथ्यको निष्कर्षमा नपुगी समाचार हटाउनू भन्ने आदेशले प्रमाण नष्ट हुने खतरा निम्तिएको महासंघको भनाई
जिल्ला अदालत काठमाडौंले चिनियाँ विद्युतीय कार बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साईमेक्स इन्क प्रालिसम्बन्धी बिजनेस न्युजमा प्रकाशित समाचार हटाउन र प्रसारण नगर्न गरेको अन्तरिम आदेशप्रति ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले जनाएको छ। अदालतले २०८३ जेठ २५ मा भएको अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै निवेदनको अन्तिम टुंगो नलागेसम्म समाचार सामग्रीहरू बिजनेश भेन्चर मिडिया प्रालिद्वारा सञ्चालित सञ्चारमाध्यम तथा अनलाइनमा […]