काठमान्डु गोर्खाजले टस जितेर बलिङ गर्दै
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । अष्ट्रेलियाका चर्चित खेलाडी डेभिड वार्नर आज काठमान्डुको पहिलो रोजाइमा खेल्दैछन् । उनी अर्का अष्ट्रेलियन खेलाडी साम हिजलेटको स्थानमा पहिलो रोजाइमा खेल्दैछन् । […]