कपिलवस्तुमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । बाणगंगा नगरपालिका(३ स्थित राजापानीबाट ३४ वर्षीय सलाउदिन मुसलमान र २८ वर्षीय उमेश थारु पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुले आक्रमणको प्रयास गरेपछि दुई राउण्ड गोली चलाइएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट २८।८२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पिपरामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीको दाबी छ ।
