टप इन्ड सिरिजः कुशलको संघर्ष खेर-नेपाल, सेमिफाइनल दौडबाट बाहिर
अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजको सेमिफाइनल दौडबाट नेपाल बाहिरिएको छ । प्रतियोगितामा आज तेस्रो हार व्यहोरेसँगै नेपालको चुनौती समाप्त भएको हो । आजको म्याचमा नेपाल हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भयो । गार्डन्स ओभलमा भएको २०औँ खेलमा टस हारेर पहिले ब्याटिङ गरेको किङ्समेनले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो […]