दशैंको मुखैमा पृथ्वी राजमार्ग बन्द यातायात ठप्प : यात्रु बाटोमै अलपत्र
दशैंको मुखमा त्रिशूली नदीको कटानले पृथ्वी राजमार्गको गलौंदी क्षेत्रमा सडक भासिएपछि आज शुक्रबार यातायात ठप्प भएको छ भने काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रु बाटोमै अलपत्र परेका छन्। भोटेकोसी नदीमा गत भदौ १० गते बाढी आउँदा रसुवादेखि चितवनसम्म नै क्षति पुगेको थियो। भोटेकोसी बाढी त्रिशूली नदीमा मिसिँदा नुवाकोटदेखि धादिङसम्मको सडक र पुलहरू बगेका थिए। बाढीको कटानकै […]