सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक -एआइजी वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ । गृह मन्त्रालयले दाहाललाई आजदेखि लागु हुनेगरी हटाइएको जनाएको छ ।
आज एआईजी वंशीराज दाहाल निलम्बित
सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको जानकारी दिएका छन् । दाहालमाथि आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेको,बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेकाले विभागीय कारबाहीस्वरुप सेवाबाट हटाइएको उल्लेख छ ।
उनीमाथि लगाइएको आरोपबारे गृहले उल्लेख गरेको ‘आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेको’ र ‘बराबर अनुशासनहीन काम गरेको’ भन्ने वाक्यांशमा ‘बराबर’ कोसँग गरेको भन्ने खुलेको छैन ।
उनले को बराबर आचरण उल्लंघन गरेको ? र को बराबर अनुशासनहीन काम गरेको रु भन्ने प्रश्न उब्जिनु स्वाभाविक हो ।
राज्यको संवेदनशील गृह मन्त्रालय, सुरक्षा निकायको सचिवस्तरको अधिकृतलाई सेवाबाट हटाइएको औपचारिक पत्रमा लेखिएका भाषामा भएको त्रुटीको जिम्मेवारी कसले लिने ?
यसअघि उनीमाथि भएको अनुसन्धान र कारबाही पनि तोकिएको तहभन्दा तल्लो निकायबाट भएकाले प्रचलित कानुन विपरित रहेको देखिन्छ ।
