परराष्ट्रमन्त्री खनाललाई भेट्न भारतीय विदेश सचिव मिस्री पुगे सिंहदरबार
भारतका विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। आज बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मिस्री र खनालबीच भेटवार्ता भएको हो। शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल-भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरे। नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा […]