बालगोपाल साहुखल नेपालका पहिलो एएफसी प्रो लाइसेन्स प्रशिक्षक
बालगोपाल साहुखल नेपालका पहिलो एएफसी प्रो लाइसेन्स फुटबल प्रशिक्षक बनेका छन्। साहुखलले फुटबल अस्ट्रेलियाले सञ्चालन गरेको एक वर्षे एएफसी प्रो–डिप्लोमा कोर्स पूरा गर्दै प्रो लाइसेन्स हासिल गरेका हुन्। साहुखलाले शुक्रबार प्रो लाइसेन्सको प्रमाणपत्र प्राप्त गरेका छन्। अब उनले नेपाली पुरुष फुटबल टोली हेर्न पाउनेछन् । ‘फुटबलको लामो यात्रामा अर्को एउटा खुड्किला पार गरेको छु । […]