ब्राड्ली बार्कोलाको छलाङ
केही वर्षअघिसम्म ब्राड्ली बार्कोलाको फुटबल करिअर उकालो लाग्नुको साटो रोकिएजस्तो देखिन्थ्यो । लियोनको पहिलो रोजाइमा आफ्नो स्थान बनाइसकेका यी युवा विंगर अचानक प्रशिक्षकको योजनाबाट बाहिरिए । रिजर्भ टोलीमा पुगे र अर्को क्लबको खोजी गर्नुपर्ने अवस्थामा पुगे । तर त्यही कठिन समय अन्ततः उनको करिअरको टर्निङ प्वाइन्ट बन्यो । आज बार्कोला फ्रान्सका उदीयमान सुपरस्टार हुन् । […]