ब्राड्ली बार्कोलाको छलाङ

केही वर्षअघिसम्म ब्राड्ली बार्कोलाको फुटबल करिअर उकालो लाग्नुको साटो रोकिएजस्तो देखिन्थ्यो ।

लियोनको पहिलो रोजाइमा आफ्नो स्थान बनाइसकेका यी युवा विंगर अचानक प्रशिक्षकको योजनाबाट बाहिरिए । रिजर्भ टोलीमा पुगे र अर्को क्लबको खोजी गर्नुपर्ने अवस्थामा पुगे ।

तर त्यही कठिन समय अन्ततः उनको करिअरको टर्निङ प्वाइन्ट बन्यो ।

आज बार्कोला फ्रान्सका उदीयमान सुपरस्टार हुन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग तीनवटा फ्रेन्च लिग-१ उपाधि र लगातार दुईवटा च्याम्पियन्स लिग जितिसकेका उनी अब १२३ मिलियन पाउन्डको स्थानान्तरणमा लिभरपुल जाने तरखरमा छन् ।

स्कुलका खेलमैदानमा बल खेलाउने लियोनका ती किशोरले केही वर्षमै आफूलाई विश्व फुटबलका महँगा खेलाडीको सूचीमा उभ्याएका छन् ।

तर यो यात्रा त्यति सहज थिएन । एकपटक रोकिएको करियरमा ठूलो छलाड. भएको छ । यो राम्रो हो ।