बाढीले सप्तरीका सयौं घर डुबानमा
लगातारको वर्षाका कारण सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५ सय घर डुबानमा परेका छन्। घरहरु डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित […]