गणतन्त्र दिवसमा प्रधानमन्त्री नबोल्ने निर्णयप्रति नेता पाण्डेको टिप्पणी
आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवसको विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र साहले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले समारोहमा राष्ट्रपतिले मात्रै सम्बोधन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दै राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्राचार गरेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार गणतन्त्रको संवैधानिक प्रतीक राष्ट्रपतिको संस्था भएकाले राष्ट्रपतिबाट नै सम्बोधन हुनु उपयुक्त हुने तर्कसहित पत्र पठाइएको हो । […]