३२ भन्दा बढी मुलुकको साहित्यिक अभिलेख
विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायले सिर्जना गर्दै आएको साहित्यको इतिहास समेटेर प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलको अनुसन्धानमूलक ग्रन्थ ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ प्रकाशित भएको छ । ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोराको साहित्य, कला, संस्कृति, दर्शन र इतिहासको अभिलेखीकरणमा महत्त्वपूर्ण योगदान दिएका छन् । […]