आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्याउन उपसभापतिमा उम्मेदवारीः विनोद चौधरी
नेपाली कांग्रेसका नेता विनोद चौधरीले आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्याउन पार्टीको १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै नेता चौधरीले आफ्नो उम्मेदवारी केवल पदका लागि नभई देशको आर्थिक रूपान्तरण, युवा पुस्ताको आकांक्षा सम्बोधन र कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने संकल्पका लागि भएको स्पष्ट पारेका छन् । […]