लगानी नउठ्दा मकै किसान चिन्तित
बिहानीको मिर्मिरेदेखि सन्ध्याकालसम्म खेतबारीमै बित्छ अचेल रौतहटको उत्तरी भेगका किसानको दैनिकी । यतिबेला चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुरका खेतहरूमा मकै भित्र्याउन तछाडमछाड छ । तर, यो चटारोमा खुसीको रौनकता छैन । केवल एउटा अदृश्य डर र मनभरि पीडा लुकेको छ । वृन्दावन नगरपालिका–१ बलरीका किसान लखिन्द्र पटेल दिनहुँ आठ जना मजदुर लिएर खेतमा खटिएका […]