नेपालमा पहिलो पटक कुकुर तिहार रिल प्रतियोगिता
नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ। कुकुर तिहारको सांस्कृतिक महत्त्व र नेपाली परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’को डिजिटल माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गर्ने योजनाअनुसार प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। यसअघि दशैंको अवसरमा देशभरका […]