झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक-तस्बिरमा
लगातार केही दिनदेखिको झरीका कारण अस्तव्यस्त बनेको इलामको मौसम अहिले खुलेको छ । वर्षा रोकिएसँगै शनिबार इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा टलटलापुर घाम लागेको छ । लामो समयसम्म परेको वर्षापछि खुलेको घामले इलाम बजार र आसपासका क्षेत्रको जनजीवनसमेत सामान्य बन्दै गएको छ । घाम लागेसँगै इलाम बजारसहित चियाबारी क्षेत्रको दृश्य झनै मनमोहक देखिएको छ । वर्षाले […]