भदौं १९ गते रिलिज हुने ‘बा:एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक
चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा चलचित्रका मुख्य दुई पात्र छन्, जो तनावमा देखिएका छन्। ‘बा’ को हुन् भन्ने कौतुहल मेटाउँदै पोस्टरले चलचित्र ‘बाः एक योद्धा’को ‘बा’को परिचय खुलाएको छ। चलचित्र ‘बाः एक योद्धा’मा ‘बा’को भूमिकामा दिव्य देव रहेको पोस्टरले पुष्टि गरेको छ। […]