छुजुङ खोला हाइड्रो बनाउन ९ अर्ब लगानी संकलन
संखुवासभाको भोटखोला गाउँपालिका-२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशय (पीआरओआर) जलविद्युत आयोजनालाई लगानी जुटेको छ। सांग्रिला ऊर्जा लिमिटेडले निर्माण थालेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाबीच सहवित्तीयकरण ऋण सम्झौता भएको हो। सम्झौताअनुसार, आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाले कूल नौ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। बाँकी तीन […]