कालीगण्डकी करिडोरमा २०० मेगावाट विद्युत उत्पादन प्रभावित
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कालीगण्डकी करिडोर अन्र्तगत २२० केभी प्रसारण लाइनका टावरमा क्षति पुगेपछि करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । यस्तै, कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ […]