लैनचौरमा शेष घलेको बन्दै गरेको होटल म्यारियट इन्टरनेसनलसँग सम्झौता
काठमाडौंको लैनचौरमा व्यवसायी शेष घलेले बनाइरहेको लग्जरी होटेलको कामलाई अहिले तीब्रता दिइएको छ। मेरियट इन्टरनेसनलअन्तर्गत फ्रेन्चाइजको रुपमा नेपाली मूलका अस्ट्रेलियन व्यवसायी घलेले यो ब्राण्ड भित्र्याएर निर्माण अघि बढाएका हुन्। मेरियट इन्टरनेसनलको स्थापना सन् १९२७ मा भएको थियो। हाल यसका ९ हजार सात सयभन्दा बढी होटल तथा रिसोर्टहरू १ सय ४० भन्दा बढी देशमा सञ्चालनमा छन्। […]