ट्रम्पका विशेष दूत गोरसँग रविको भारतमा भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपाका सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरबीच भारतको दिल्लीमा भेटवार्ता भएको छ। बिहीबार साँझ लामिछाने र गोरबिच दिल्लीमा भेटवार्ता भएको हो। भेटमा दुईपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको रास्वपा स्रोतले जनाएको छ। रास्वपा सभापति लामिछाने सत्तारुढ भारतीय जनता पार्टी -भाजपाको निमन्त्रणमा […]