यामाहा ब्लु फेस्टमा उत्साह, पाँच लाख नगद विजेता घोषणा

काठमाडौं । यामाहा नेपाल ले आफ्नो आधिकारिक वितरक एम. ए. डब्लू. राइड्स प्रा. लि. मार्फत भृकुटीमण्डपमा जारी यामाहा ब्लु फेस्ट अन्तिम दिनतर्फ अघि बढ्दै गर्दा ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत प्रमुख विजेता घोषणा गरेको छ।

फाइनान्स तथा एक्सचेन्ज सेगमेन्ट अन्तर्गत भ्याली रोड मोटर्स प्रा. लि. मार्फत च्एक्स १२५ एफ हाइब्रिड मोटरसाइकल खरिद गरेका उमेश थापा मगरले रु. ५ लाख नगद बम्पर पुरस्कार जितेका छन्। यस घोषणाले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको आयोजकले जनाएको छ।

कार्यक्रम सुरु भएदेखि नै ब्लु फेस्टमा मोटरसाइकल पारखी, परिवार तथा खरिदकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ। आगन्तुकहरूले यामाहाका आधुनिक हाइटेक मोटरसाइकल तथा स्कुटरहरू अवलोकन गर्दै उत्साहपूर्ण वातावरणको अनुभव लिइरहेका छन्।

यसैबीच अन्य विजेताहरू पनि घोषणा गरिएको छ। नबिना शर्माले रु. १ लाख, अरविन्द गुप्ताले रु. ५५ हजार र आवाश चौधरीले रु. ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन्। साथै, अन्य धेरै ग्राहकहरूले पनि विभिन्न आकर्षक उपहार जितेका छन्।

समापन नजिकिँदै गर्दा पनि ब्लु फेस्टमा आकर्षक सुविधा जारी छन्। खरिदकर्ताहरूले रु. ५ लाखसम्म क्यासब्याक, अधिकतम ४० महिनासम्मको सहज ईएमआई सुविधा तथा अन–द–स्पट फाइनान्सिङ सेवाको लाभ लिन सक्ने व्यवस्था गरिएको छ। साथै ५० भन्दा बढी रिकन हाउसको सहभागितामा एक्सचेन्ज कार्निभल पनि प्रमुख आकर्षण बनेको छ।

कार्यक्रममा राइडर तथा कन्टेन्ट क्रिएटरहरूसँग भेटघाट, कोसप्ले प्रदर्शन तथा विभिन्न गिभअवे गतिविधिहरूले वातावरणलाई झनै जीवन्त बनाएको छ।

दीपक अग्रवाल ले भने, यस वर्षको ब्लु फेस्टप्रति आएको उत्साहजनक प्रतिक्रियाले आफूहरू उत्साहित भएको उल्लेख गर्दै अन्तिम दिनमा उपस्थित भई विशेष अफर र यामाहाका उत्पादन अनुभव गर्न सबैलाई आग्रह गरेका छन्।